जिप्रका मकवानपुरद्धारा विभिन्न समयमा नियन्त्रणमा लिएको लागूऔषध नष्ट

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा नियन्त्रणमा लिएको लागू औषध आज जलाएर नष्ट गरेको छ ।
प्रहरी उपरिक्षक मुकेश कुमार सिंहको रोहबरमा लागूऔषध गाँजा ६ सय ७८ किलो १ सय २१ ग्राम, चरेश २ सय ७३ किलो, अफिम ७ सय ग्राम, फेनार्गन २९ एम्पुल, व्यूप्रोनोर्फिन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल, नाइट्रोभेट ५ सय ४७ ट्याब्लेट आज नष्ट गरिएको हो ।
प्रहरीले लागूऔषध अनुसन्धान तथा कारबाहीको फैसला पछि अदालतको अनुमतीमा उक्त परिमाणमा लागूऔषध नष्ट गरेको हो ।
यद्यपी ४ सय ४० किलो ८ सय ग्राम लागूऔषद भने अनसन्धानमै रहेकाले नष्ट गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७५ फागुन ८ गते देखि २०७६ साल वैशाख १ गतेसम्मको अवधिमा नियन्त्रणमा लिएको लागूऔषध नष्ट गरिएको एसपि सिंहले जानकारी दिनुभयो ।
भिमफेदी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष श्याम कृष्ण बल, स्थानिय र पत्रकार लगायतको उपस्थितीमा लागूऔषध जलाएर नष्ट गरिएको हो ।







