आर्थिक अवस्था कमजोर भएका २८ विद्यार्थीलाई कांग्रेस नेता बाँनियाद्धारा २ लाख सहयोग

नेपाली कांग्रेस प्रदेश तीनका संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले आर्थिक अवस्था कमजोर भएका २८ विद्यार्थीलाई २ लाख रुपैया बराबरको छात्रवृत्ति रकम प्रदान गर्नु भएको छ ।
बानियाँले हेटौँडा १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को विभिन्न संकायमा अध्ययनरत २८ जना छात्रछात्रालाई २ लाख रुपैया बराबरको छात्रवृत्ति रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
बानियाँले प्रदान गर्नु भएको उक्त रकमआज एक समारोहमा नेविसंघका नेता मिलन पुडासैनीले विद्यालयका लेखापाल राजन प्रसाद अधिकारीलाई हस्तानतरण गर्नु भएको हो ।
नेता बानियाँले गत बर्ष पनि विद्यार्थीलाई छात्रवृत्ति रकम सहयोग गर्नुभएको थियो । उहाँले विभिन्न समयमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आउनुभएको छ ।







