आधुनिक कृषि बजार परियोजना संचालनका लागि प्रदेश ३ सरकार र गैर आवासीय नेपाली संघ बीच संझौता

छहारी संवाददाता
बैशाख १२, २०७६

सम्झना घिमिरे/ आधुनिक कृषि बजार परियोजना संचालनको लागि प्रदेश नम्बर–३ सरकार र गैर आवासीय नेपाली संघ बीच संझौता भएको छ ।

प्रशोधन सुबिधा सहितको मुना आधुनिक कृषि परियोजना संचालन गर्नका लागि प्रदेश सरकार र एनआरएनबीच संझौता भएको हो ।

दुबै पक्षबीच आबश्यक सहकार्य र कार्यन्वयन गर्न गराउन प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच आज मन्त्रालयमा एक कार्यक्रमकाबीच संझौता भएको छ ।

संझौतापत्रमा भूमि, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर योगेन्द्र कुमार कार्की र गैरआवासिय नेपाली संघका कृषि समितिका युवराज गुरुङले परियोजनामा हस्ताक्षर गर्दै संझौता गरिएको छ । प्रदेशको निर्बाहमुखी कृषिलाई बिशिष्टिकरण गराउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ

कृषि उत्पादनमा बृद्धि, प्रशोधन र बजारीकरणमार्फत समग्र कृषि क्षेत्रको प्रबद्धनका लागि गैर आवासीय नेपाली संघले आव्हान गरेको हो । हेटौंडा सहित प्रदेशका विभिन्न शहरमा आधुनिक कृषि बजार निर्माण गरिने संझौतामा उल्लेख छ ।

दुई अर्व पचास करोडको परियोजनामा डिपिआर लगायतका कामहरु प्रदेश सरकारले गर्ने तथा अन्य भौतिक निमार्णको काम गैरआवासिय नेपाली संघ, कृषि प्रर्वदन समितिले गर्ने र परियोजनावाट कृषकले पुर्ण रुपमा लाभलिन सक्ने उल्लेख गरिएको छ ।

परियोजनाबाट पुँजीलाई सामुहिक रुपमा लगानी गर्ने, शिप दक्षता र अनुभवलाई उपयोग गर्दै आधुनिक कृषि प्रबिधि र अन्तराष्ट्रिय जगतमा सफल भएका कृषि अभ्यासहरुलाई मुलुकमा भित्रयाउने लगायतका काम गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रदेशका भूमि, कृर्षि तथा सहकारी मन्त्री दावा दार्जे लामाले नेपालको कृषिलाई आधुनिकिकरण गर्ने अभियानमा लागिएको बताउनुभयो । अब निर्बाह मुखि कृषि भन्दा पनि ब्याबसायीक कृषिलाई अगाडी बढाउन लागिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*