पहिलो मकवानपुर जर्नालिजम अवार्ड २०७५ यहि बैशाख १३ गते हुने

पहिलो मकवानपुर जर्नालिजम अवार्ड २०७५ यहि बैशाख १३ गते थाहा नगरपालिकामा हुने भएको छ ।
आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष धर्मेन्द्र दाहालले २३ विधामा पत्रकारहरुलाई अर्वाड प्रदान गरिने जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट वर्ष पत्रकार अवार्ड, आर्थिक पत्रकार अवार्ड, क्रियाशिल महिला पत्रकार अवार्ड, अनलाईन पत्रकार अवार्ड, शिक्षा, पर्यटन पत्रकार अवार्ड, सामजिक पत्रकार अवार्ड, टेलिभिजन पत्रकार अवार्ड, फिचर रिर्पोटिङ, युवा पत्रकार, उदयीमान पत्रकार अवार्ड लगाएत २३ विधा रहेको छ । कार्यक्रममा लाईफटाईम अचिभमेन्ट अवार्डबाट एकजना बरिष्ट पत्रकारलाई समेत सम्मानित गर्न लागिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई गोदावरी स्टिलले मुख्य प्रायोजन गरेको छ ।
शिव–सत्यरुपा शिलवाल आर्थिक पत्रकारिता पुरस्कार २०७५ बाट रुपेश दुलाल तथा बेलप्रसाद÷कमला दाहाल ग्रामिण सामजिक पत्रकारिता पुरस्कारबाट पत्रकार शिवकुमार काशीलाई नगद ११ हजार १ सय ११ रुपैया सहित पुरस्कृत गरिने समेत दाहालले बताउनुभयो ।
यस्तै विभिन्न विधामा रहेको खबरब्रेक वर्ष सम्मान समेत प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमका लागि १३ लाख रुपैँया खर्च लाग्ने आयोजकको अनुमान छ ।







