अझै दुइ दिन मेघ गर्न सहित पानी पर्ने सम्भावना

छहारी संवाददाता
बैशाख १०, २०७६

देशको पहाडी भागमा अझै दुइ दिन मेघ गर्न सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आजै देखी अधिकांश स्थानको मौसम बदली भइ हावाहुरीसंगै वर्षा भएको छ। महाशाखाका अनुसार भोली दिउँसो देशको पूर्वी तथा मध्य क्षेत्र लगायत पश्चिमी पहाडी भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि भागमा आंशिक बदली रहने छ।

पहाडी क्षेत्रमा मेघ गर्जन सहित हल्का वर्षा हुने र हुरी बतास तथा चट्यांगको समेत संभावना छ । यस्तै राति देशको पहाडी भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

यस्तै पर्सि बुधबार दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*