दुई पर्टी भावनात्मक रुपमा एक भएको महसुस गराउछुः नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल
नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुन भएको छ । उहाँ यसअघि तत्कालिन नेकपा एमालेको अध्यक्ष रहिसक्नु भएको छ ।
अध्यक्षमा चयन भएपछि उहाँले मकवानपुरका वडा तह सम्म पार्टी एक भएको महसुस गराउन लागिपर्ने बताउनु भएको छ । उहाँले पहिलेको दुई पर्टीलाई भावनात्मक रुपमा एक भएको महसुस गराउन लागिपर्ने बताउनुभयो ।
सबै जिल्लामा पार्टीको नेतृत्व टुङ्गो लागेसंगै मकवानपुरमा पनि जिल्ला तह, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा तहसंगै टोल टोलमा पार्टी भावनात्मक रुपमा एक भएको महसुस गराउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।







