२ लाख ५२ हजार मुल्यको अवैध कपडा सहित १ जना पक्राउ

छहारी संवाददाता
बैशाख ७, २०७६

मकवानपुर प्रहरीले आज हेटौडा १५ रातोमाटेबाट २ लाख ५२ हजार मुल्य बराबरको अवैध कपडा सहित १ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको टोलिले रातोमाटे चेकपोस्टमा ना ५ ख ५७५५ नम्बरको बस चेकजाँच गर्दा उक्त परिमाणमा कपडा बरामद गरेको हो ।

भारत पश्चिम बंगाल माल्दा सुजापुर बस्ने ३१ वर्षका उमर थारुकले प्लास्टिकको बोरा भित्र बेरेर १ लाख २० हजार मुल्य बराबरको कपडा ल्याएको प्रहरीले जनाएको छ । थारुकलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पठाउने तयारी छ ।

यस्तै आजै प्रहरीले ना ४ ख १०६७ नम्बरको बसमा चेकजाँच गर्दा बेवारीसे अवस्थामा प्लास्टिकको बोरा भित्र लुकाइ ल्याएको १ लाख ३२ हजार  मुल्य बराबरको कपडा फेला पारी भन्सार कार्यालय बिरगंज पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*