हेटौंडाको मुख्य बजारमा राप्रपाको प्रदर्शन, प्रहरीको पिटाइबाट २ कार्यकर्ता घाइते
हिन्दु राज्यको माग गर्दै हेटौंडाको मुख्य बजारमा प्रदर्शन गरेका राप्रपाका कार्यकर्तामाथी प्रहरीले लाठिचार्ज गरेको छ ।
राप्रपा मकवानपुरका अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीको नेतृत्वमा गएका कार्यकर्ताले धर्म निरिपेक्षताको पोष्टर जलाउने क्रममा प्रहरीले बल प्रयोग गरेको हो । दिउसो पोष्टर जलाउँदा आगलागी हुन सक्ने भन्दै पोष्टर नियन्त्रणमा लिने क्रममा प्रहरीले धरपकड गरेको हो ।
लाठीचार्जबाट राप्रपाका कार्यकर्ता कृष्ण विडारी तथा अर्जुन खुलाल घाईते भएका छन् ।
प्रदर्शनमा राप्रपाका नगर अध्यक्ष गुरु प्रसाद सापककोटा, जिल्ला नेता सिताराम बतौला लगायतका राप्रपाका सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।







