वैशाख ७ गतेबाट “सुर्दशनसँग कफी” जीवन उपयोगी मन्थन

छहारी संवाददाता
बैशाख ५, २०७६

नलेज भिलेज नेपालले “सुर्दशनसँग कफी” कार्यक्रम गर्ने भएको छ ।

यहि वैशाख ७ गतेबाट सुरु गरिने कार्यक्रममा जीवन उपयोगी विषयवस्तुमा केन्द्रित रहेर मन्थन गरिने लेखक सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।

न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै उहाँले प्रत्येक महिनाको पहिलो शनिबार बिहान साढे ७ देखि ८ बजेसम्म आधा घण्टासम्म स्वस्थ जीवन, तनाव व्यवस्थापन, सफलताका सूत्रहरु, व्यावसायिक सफलता, नेतृत्व र जिम्मेवारी, सकारात्मक सोच, आर्थिक र वित्तीय कुरा, समाजसेवा, जीवन विज्ञान लगायतका विषयमा मन्थन गरिने जानकारी गराइएको हो ।

लेखक अधिकारीले आफ्नो जीवनको ४५ वर्षे अनुभवलाई साट्ने बताउनु भयो । कार्यक्रम न्युज क्लब नेपालको सभाहल मै हुनेछ भने । प्रवेश निशुल्क रहेको छ ।

कार्यक्रम सुरु भएको अवधिमा बढीमा २ मिनेट ढिला आउनेलाई मात्रै हलमा प्रवेश गर्न दिइनेछ । यो अन्तरक्रियात्म मन्थनमा उत्साहजनक रुपमा सहभागी भएर आफ्नो दृष्टिकोण पनि राखिदिन लेखक अधिकारीले आग्रह गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*