प्रदेश सभाको बैठकमा दुई ओटा विधेयक पारित, अर्को बैठक अनिश्चत

छहारी संवाददाता
बैशाख ५, २०७६

प्रदेश तीनको आज बसेको प्रदेश सभा बैठकले दुईओटा विधेयक पारित गरेको छ ।

आजको बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत रुपमा पारित भएको हो । उक्त विधेयक आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले प्रस्तुत गर्नु भएको थियो ।

यस्तै प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ उक्त विधेयक भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गर्नु भएको थियो ।

बैठकको अन्त्यमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउन भएको थियो ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*