नेपाल बन्द अपडेटः बन्द अवज्ञा गरेको भन्दै दुईवटा गाडीमा आगजनी

उत्तरी मकवानपुरको थाहा नगरपालिका तथा भीमफेदी गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लबका कार्यकर्ताले नेपाल बन्दको अवज्ञा गरेको भन्दै दुईवटा गाडीमा आगजनी गरेका छन् ।
थाहा नगरपालिका ४ पानोरोमा मोडमा तीनजनाको संख्यमा आएका अज्ञात व्यक्तिलेृ ना २ च ९०९४ को कुखुरा बोक्ने गाडीमा आगजनी गरेका हुन ।
यस्तै भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ गोलमोडमा तरकारी बोक्ने ना ४ ख ७९६० मिनि ट्रकलाई आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गाडीमा आजवनी गरिएको पनि चालक भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, आफना कार्यकर्ता केन्द्रीत अप्रेशन चलाएको र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।







