कमाने वडा कार्यालयमा कुकर बम, डिस्पोज गर्ने तयारी (तस्विरहरु)

छहारी संवाददाता
बैशाख ५, २०७६

नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको छ ।

नेपाल बन्दका कारण मकवानपुर लगायत देशभरका सम्पूर्ण लामो दुरीका यातायात सेवा ठप्प भएका छन् भने हेटौँडाको मुख्य बजार पनि सुनसान छ । छोटो दुरीका सवारी साधन भने फाटपुट्ट चलेका छन् । जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् ।

यसैबीच विप्लब समुहका कार्यकर्ताले हेटौडा ८ कमानेको वडा कार्यालयमा प्रेसर कुकर बम राखेको छ । वडा कार्यालयको गेटमै राखिएको प्रेसर कुकर बम बिहान साढे ५ बजे स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले नेपाल प्रहरी तथा नेपाली सेनाको टोली घटना स्थल पुगेको छ । बम डिस्पोजल टोली पनि बोलाइएको र केहिबेर मै बम डिस्पोज गर्ने प्रहरीले जानकारी दिएको छ ।

सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको, आफना कार्यकर्ता केन्द्रीत अप्रेशन चलाएको र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*