मकवानपुरमा महिला पुरुष रोजगार तथा उद्यमीहरुको संख्यामा उल्लेख्य बृद्धि

छहारी संवाददाता
बैशाख ५, २०७६

मकवानपुर जिल्लामा यस वर्ष उद्योग वाणिज्यको दर्ता संग संगै महिला पुरुष रोजगार तथा उद्यमीहरुको संख्यामा समेत बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४र७५ मा घरेलु तथा साना उद्योग कार्यालय हेटौडामा ९४२ ओटा उद्योग तथा ११४७ ओटा वाणिज्य दर्ता भएको र ति उद्योग तथा वाणिज्यमा उद्यमी महिला २६२, पुरुष ८३१, रोजगार महिला १३६५ जना, पुरुष रोजगारदाताहरु २५८३ जना रहेका थिए भने चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म उद्यमी महिला ४२८, उद्यमी पुरुष १२६२, तथा महिला रोजगारदाता १७८९ र पुरुष रोजगारदाताहरुको संख्या ३४४० पुगेको छ ।

घरेली तथा साना उद्योगका सूचना अधिकारी नारायण प्रसाद खनालका अनुसार गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलन समेत बृद्धि भएको छ ।

गत वर्ष १ करोड ४५ लाख ७० हजार १४६ रुपैया राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा नै २ करोड ५८ लाख ५९ हजार ३ सय रुपैया संकलन भइसकेको खनाललृ जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*