मकवानपुरमा वैदेशिक रोजगार परामर्श केन्द्र मार्फत ६३६ पुरुषले लिए सेवा

छहारी संवाददाता
बैशाख ३, २०७६

वैदेशिक रोजगारीब लागी राहदानि बनाउन आउने मकवानपुरका  महिलालाइ मात्र होइन अब पुरुषलाइ पनि परामर्श दिन सुरु गरीएको छ ।

जिल्ला प्रसासन कार्यालय मकवानपुरको अगाडी रहेको वैदेशिक रोजगार परामर्श केन्द्र मार्फत माघ २९ गते यता ६३६ जना पुरुषले सेवा लिएका छन ।

राहदानि बनाउन आउने पुरषहरुलाइ बैदेशिक रोजगारीमा जादा अपनाउनु पर्ने सुरक्षा तथा प्रकृयाको बारेमा परामर्श दिने गरेको मानब बेचबिखन तथा सुरक्षीत बसाइसराइ परीयोजनाकी  परामर्श कर्ता पाबर्ती बि कले बताउनु भयो ।

यो आर्थिक बर्षको चैत्र मसान्तसम्म राहदानि बनाउन आउने करीब तिन हजार एक सय महिलाले बैदेसिक रोजगार परामर्श केन्द्र बाट परामर्श लिएको परामर्श कर्ता अनिसा राइ बताउनु हुन्छ  ।

मकवानपुरमा रहेका २९ ओटा गैर सरकारी सस्थाहरुबाट जिल्ला प्रसासन कार्यालय अघि परामर्श केन्द्र स्थापना गरीएको छ । परामर्श केन्द्रमा वोर्किङ भिसामा काम गर्न जाने महिलाहरु प्राय तामाङ समुदायको रहेको उहाको भनाइ छ । 

साथै कतिपय महिलाहरु गरीबि र घरेलु हिंसाका कारण बिदेश जान चाहेको बताउने गरेको राइले बताउनु भयो । महिलाहरुको लागी लामो समय देखि परामर्श दिदै आएको परामर्श केन्द्रले माघ देखि पुरुषहरुलाइ पनि परामर्श दिन थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*