सरकारले देशमा अराजकता निम्त्याउन खोज्योः नेपाल तरुण दल हेटौडा
नेपाल तरुण दल हेटौँडाका अध्यक्ष सुनिल गिरीले सरकारले देशमा अराजकता निम्त्याउन खोजेको आरोप लगाउनु भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष गिरीले सरकारले नागरिकताको विषय,सिमा सुरक्षाको विषय,विदेशी हस्तक्षपको विषयमा केहि नबोलेको टिप्पणी गर्नुभयो । नागरिकताको विधेयकलाई समेत गलत ढंगबाट प्रयोग गरेको उहाँको भनाई छ ।
उहाँले सरकारलाई १२ बुँदे सुझाव दिँदै नेपालमा धर्म परिवर्तनको समस्या निकै भएको र सरकारले यसलाई समेत नियन्त्रण गर्न नसकेको बताउनुभयो ।
निर्मला हत्याकाण्ड, वाईडबडी विमान काण्ड, मेलम्ची घोटलाको विषयमा समेत सरकार मौन रहेको उहाँको आरोप छ । ३३ किलो सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, विप्लव पार्टी प्रकरण लगाएतको विषयमा समेत सरकार मौन बस्नु शंकाको विषय भएको बताउनुभयो ।
अध्यक्ष गिरीले सरकारले यी विषयहरुमा ध्यान नदिए आफुहरु आन्दोलन गर्न वाध्य हुने समेत चेताजनी दिनुभएको छ ।







