हेटौडा ५ क्याम्पा डाँडामा अटो दुर्घटना, ५ जना घाइते

छहारी संवाददाता
बैशाख ३, २०७६

हेटौडा ५ क्याम्पा डाँडामा अन टेस्ट अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

हेटौंडा बजारबाट चौघडा जादै गरेको अन टेस्टअटो अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो ।

दुर्घटनामा एक बालक सहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुने अटो चालक हेमन्त थोकरको मात्रै परिचय खुलेको छ ।

घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*