मनहरीमा सवारी दुर्घटना हुँदा विराटनगरका पोदारको मृत्यु

छहारी संवाददाता
बैशाख २, २०७६

मकवानपुरको मनहरी खराङमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

ना १ ज ४८६७ नबंरको सुमोले को ३४ प ७४९७ नम्बरको मोटरसाईकल ठक्कर दिंदा मोटरसाइकल चालक विराटनगरका ३१ वर्षीया रविन्द्र कुमार पोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पोदारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी सुमोमा सवार १२ जना घाईते भएका छन् ।

घाईतेहरुको मकवानपुरको चुरेहील अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवनपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*