वाग्मतीमा मोटरबोटको सफल परिक्षण

मकवानपुरको वाग्मती गाउपालिका २ मा आज मोटरबोट अर्थात पानी जहाज परिक्षण गरिएको छ ।
प्रदेश तीनका सांसद कृष्ण प्रसाद दाहाल, वाग्मती गाउपालिका अध्यक्ष सर्केस घलान, २ नम्बर वडा अध्यक्ष जगत बहादुर भ्लोनको उपस्थितीमा वाग्मती खोलामा ११ सिट क्षमताको मोटरबोट परिक्षण गरिएको हो ।
बागमती जलमार्ग उपभोक्ता समूहकी अध्यक्ष रिता पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा नेपकपाका केन्द्रिय सदस्य केदार न्यौपाने, उपाध्यक्ष सरला बोलखे, उद्योग संघ केन्द्रिय सदस्य खड्ग बहदुर भम्जन लगायतको उपस्थिती रहेको थियो ।
सांसद दाहालको पहलमा २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो । मोटरबोट संचालन पछि मकवानपुर, रौतहटको बीच भागमा पर्ने धिवाँध गाउँका करीब २५ घर लाभान्वित हुनेछन् ।
यस्तै मकवानपुर रौतहट र सिन्धुलीमा पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।







