मकवानपुरको वाग्मती गाउपालिका २ धिवाँधमा आज मोटरबोट परिक्षण गरिँदै

छहारी संवाददाता
बैशाख १, २०७६

मकवानपुरको वाग्मती गाउपालिका २ धिवाँधमा आज मोटरबोट अर्थात पानी जहाज परिक्षण हुने भएको छ ।

प्रदेश तीनका सांसद कृष्ण प्रसाद दाहाल, रामचन्द्र राई, वाग्मती गाउपालिका अध्यक्ष सर्केस घलान, २ नम्बर वडा अध्यक्ष जगत बहादुर भ्लोनको उपस्थितीमा वाग्मती खोलामा ११ सिट क्षमताको मोटरबोट परिक्षण हुन लागेको हो ।

परिक्षण पछि मोटरवोटको उद्घाटन मिती समेत तोकिने जनाइएको छ ।

यद्यपी धरान चतरा बाटो विस्तार कार्य भएको स्थानमा गएराती पानी परेर बाटो हिलाम्य भएको र केहि स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएकाले उक्त मोटरबोट परिक्षण कार्यक्रममा पुग्न टोलीलाई समस्याा भइरहेको वडा अध्यक्ष भ्लोनले बताउनुभयो ।

सांसद दाहालको पहलमा  २० लाख खर्च गरेर जलमार्गको निर्माण गरिएको हो । मोटरबोट संचालन पछि मकवानपुर, रौतहटको बीत भागमा पर्ने धिवाँध गाउँका करीब २५ घर लाभान्वित हुनेछन् ।

यस्तै मकवानपुर रौतहट र सिन्धुलीमा पर्यटन विकाससँगै यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*