नेपाली कांग्रेसको हेटौडा उपमहानगर समितिको नगर सम्मेलन जारी

छहारी संवाददाता
चैत्र ३०, २०७५

नेपाली कांग्रेस हेटौडा उपमहानगर समितिको नगर सम्मेलन हेटौडाको पल्पसा सभाहलमा जारी छ ।

सम्मेलनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता मिनेन्द्र रिजालले गर्नु भएको हो । रिजालको प्रमुख आतिथ्यता रहेको सम्मेलनमा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र कांग्रेस प्रदेश तीन  संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको बिशेष आतिथ्यता रहेको छ ।

उपमहानगरका सभापती आनन्दराम पराजुली सभापतित्वमा भइरहेको कार्यक्रममा विष्णु लामिछने, रामचन्द्र अर्याल माइकल, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको छ ।

कार्यक्रममा खैजडी बाजा बजाएर स्वागत मन्तव्य सुरु गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*