प्रदेश सरकारले जे जती काम गरेको छ शिर उचो हुने गरी गरेको छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
चैत्र ३०, २०७५

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलको सरकारले काम गरेन भन्नु बेकार हुने दोहोर्याउनु भएको छ ।

आज हेटौंडामा आयोजीत नेपाल रेडक्रस सोसाइटी प्रदेश तीन प्रदेश सभाको प्रथम अधिवशनको उद्घाटन सत्रमा बोल्दै उहाँले प्रदेश सरकार बाल्य अवस्थामै रहेको बताउनुभयो –'प्रदेश सरकार स्थापना हुँदा बस्ने स्थान समेत नभएको अवस्थाबाट अहिलेको अवस्थामा ल्याइएको हो । तर पनि प्रदेश तीन अन्य भन्दा उत्कृष्ट प्रदेशको रुपमा अगाढी बढेको छ ।'

अबको चार बर्षमा आफुहरुले चाहेको काम पुरा गरेरै छाड्ने पनि मुख्यमन्त्रीले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो –'प्रदेश तहमा ४० प्रतिशत पनि कर्मचारी आईनसकेको अवस्थामा पनि अहिले सम्म प्रदेश सरकारले जे जती काम गरेको छ त्यो शिर उचो हुने गरी गरेको छ ।'

नेपाल रेडक्रस आफैमा एउटा पवित्र संस्था रेहको भन्दै मुख्यमन्त्री पौडेलले रेडक्रसले विपद व्यवस्थापनमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी प्रदेश तीन तदर्थ समितिका संयोजक कृष्ण गोपाल लागेजुको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाः, कोषाध्यक्ष देवेन्द्र प्रधान, उपमहामन्त्री हरि पौडेल, नेकपा मकवानपुरका नेता बद्री लंसाल, गैरसरकारी संस्था महासंघका बुद्ध लामा, रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*