खोला उत्खनन् रोक्न जिप्रका मकवानपुरले देखायो चासो, मनहरी खोलाबाट ११ सवारीसाधन नियन्त्रण

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी खोला उत्खन्न र वालुवा बोक्न प्रयोग गरिने ११ सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले जथाभावी नदी उत्खन्न गरीरहको अवस्थामा ७ ओटा स्काभेटर र गिटी बालुवा बोक्न प्रयोग गरिएको ४ ओटा टिफर नियन्त्रणमा लिएको जनाएको छ ।
मनहरी खोलमा जथाभावी उत्खन्न भईरहेको सुचनाको आधारमा जिप्रका मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा खटिएको टोलिले राक्सिराङ गाउपालिका ५ मा पर्ने मनहरी नदि उत्खन्न भइरहेको पाएपछि ती सवारी साधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा रहेका स्काभेटर र टिफर आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।







