विप्लब नेतृत्वको नेकपा माओवादीका इन्चार्ज वीरवहादुर घलान ज्वाला पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता पक्राउ गर्ने क्रम बढेको छ ।
गएराती प्रहरीले मकवानपुर इन्चार्ज वीरवहादुर घलान ज्वालालाई पक्राउ गरेको छ । ज्वालासंगै अर्का १ जना पनि पक्राउ परेको जिप्रका मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
हेटौडा ८ फायरलाईनमा राती ९ बजे सवारी चेकिङ गर्ने क्रममा मोटरसाइकलमा सवार दुबैजनालाई पक्राउ गरिएको एसपी सिंहले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन । अनुसन्धानको लागि उनिहरुलाई पक्राउ गरिएको भन्दै एसपी सिंहले आपराधिक गतिविधिमा सम्लग्न भएको पाइए मुद्धा चल्ने बताउनुभयो ।
यसअघि पनि जिप्रका मकवानपुरले विप्लब समुहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।







