महिला जागरण सहकारीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

छहारी संवाददाता
चैत्र २९, २०७५

मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहाकरी संस्थाले २१औं स्थापना दिवस तथा ६२औँ सहकारी दिवसको अवसर पारेर आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको आज समापन गरेको छ ।

साताभर सञ्चालित प्रतियोगिताको विजेतालाई पुरस्कार तथा जेष्ठ नागरिकलाई सम्मान गर्दै सहकारीले सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो । सहकारीले रक्तदान, प्रभातफेरी, बाल कार्यक्रम र मैत्रीपूर्ण फूटसल आयोजना गरेको थियो ।

समापनको अवसरमा सहकारीले स्थानीय जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान गरेको हो । साथै बाल कार्यक्रम, मैत्रीपूर्ण फूटसल लगायतका विजेतालाई पुरस्कार वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले महिला जागरण सहकारीले प्रशंसनीय काम गरेको बताए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा नेतृ मानकुमारी नेपालीले बालबालिकाको माझ सहकारीले कार्यक्रम राखेर सहकारीप्रति उनीहरुको सकारात्मक सोच विकासमा सहयोग गरेको बताइन् ।

कार्यक्रममा महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीले गरिरहेको काम र सहकारीको अवस्थाबारे जानकारी गराइन् ।

सहकारीका सदस्यहरु तथा स्थानीय समाजसेवी, राजनीतिक दलका नेता, सामाजिक अभियन्ताहरु उपस्थित समापन कार्यक्रममा सहकारीका लेखापाल मेनुका दहालले कार्यक्रमको जानकारी गराएकी थिइन् । पहिलो समाचारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*