ठकुरी सहयोग संजालले हेटौँडामा राष्ट्रिय भेला गर्ने

छहारी संवाददाता
चैत्र २९, २०७५

ठकुरी सहयोग संजालले हेटौँडामा राष्ट्रिय भेला गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गरी संजालका केन्द्रिय कार्यवाहक अध्यक्ष अजय मल्ल ठकुरीले यहि चैत्र ३० गते भेला आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो ।

मकवानपुर जिल्लाले एकताको इतिहास बोकेको भन्दै अध्यक्ष ठकुरीले राष्ट्रिय एकताको पक्षमा सन्देश दिने उदेश्यले भेला गर्न लागिएको बताउनुभयो । भेलाले एकता बिना विकास र समृद्धि असम्म्भव छ भन्ने महत्वपूर्ण सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भेलामा एक हजार भन्दा बढी ठकुरीहरुको सहभागिता रहने र सहभागिले आफुनो खर्च आँफै व्यवस्थापन गर्नु पर्ने उहाँले बताउनुभयो ।

भेला प्रदेश ६ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा तथा समाजसेवी राजीब बिक्रम शाहको बिशेष आतिथ्यतामा हुनेछ ।

भेला आयोजना हुनु अघि जिल्ला प्रहरी कार्यालय मकवानपुर आगाडीबाट झाँकी सहितको र्यालीको निस्कने र र्याली हेटौँडा बजार परिक्रमा पछि क्लब हेटौँडामा पुगेर भेलामा परिणत हुने जनाइएको छ ।

न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा संजालकी मकवानपुर अध्यक्ष राधिका ठकुरी, संजालका अभियन्ता किरण शाह, विवेक विक्रम शाह, सल्लाहकार सुन्दर जंग शाही लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*