मित्रसेवा कृषि फर्म प्रालिले किसानहरुका लागि ल्यायो नयाँ योजना
मित्रसेवा कृषि फर्म प्रालिले किसानहरुका लागि नयाँ योजना ल्याएको छ ।
मित्रसेवाले आफ्नो कृषि उपजको उत्पादन बढाउन तथा बजारिकरण गर्न चाहने किसानलाई सहयोग गर्ने उदेश्यले नयाँ योजना ल्याएको आज नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
फर्मका संचालक हरिशरण जिम्बाले किसानले उत्पादन गरेका कृषि उपजलाई प्रति केजी न्युनतम १४ देखि अधिकतम ४० प्रतिशत सम्म बजार मुल्य ताकेर लिने गरी सम्झौता गरिने जानकानकारी दिनुभएको छ । तर त्यसका लागि किसानले मित्रसेवा कृषि फर्ममा सेयर सदस्य बन्नु पर्ने उहाँले बताउनु भयो ।
सेयर सदस्य बन्न किसानले सुरुमा १ हजार रुपैया तिर्नु पर्नेछ भने त्यसपछि तीन तीन महिनामा ५ हजारका दरले शुल्क लाग्ने छ र किसानबाट लिइएको सेयर बापतको रकम प्रत्येक वर्ष सेयर लाभांसका रुपमा किसानलाई नै उपलब्ध गराइने पनि संचालन जिम्बाले बताउनु भयो ।
संचालक जिम्बाले किसानलाई आय आर्जनमा लाग्न प्रेरित गरी आय स्तर बृद्धि गर्ने उदेश्यले यो काम थालनी गरिएको बताउनुभयो । उहाँले किसानहरुको सहजताका लागि कृषि पाठशाला गठन गरिनेछ भने तालिम प्राप्त कृषि प्राविधिकहरुको टोलीले निरन्तर अनुगमन गर्ने तथा किसानलाई तालिम उपलब्ध गराइने जानकारी दिनुभयो ।
वैशाख ४ गतेबाट सुरु हुने यो याजना पालुङ, भिमफेदी, हेटौडाको १२, १३, १७ र १९ नम्बर वडा तथा बाग्मती र गढी गाउपालिकामा समेत संचालन गरिने छ । मनहरी १ चकरीमा यसको कार्यालय रहने छ ।







