प्रदेश तीन सरकारले निजी क्षेत्रसंग लगानी भित्रयाउने विषयमा वैशाख ६ र ७ गते अन्तरकृया गर्ने

छहारी संवाददाता
चैत्र २८, २०७५

प्रदेश तीन सरकारले निजी क्षेत्रको लगानी भित्रयाउने उदेश्यले निजी क्षेत्रसंग अन्तरकृया गर्ने भएको छ । 

प्रदेश नीति तथा योजना आयोगले आज हेटौंडामा पत्रकार सम्मेलन गरी प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रर्वद्धन गर्ने लगायतका उद्धेश्यले आउँदो वैशाख ६ र ७ गते चितवनको भरतपुरमा अन्तरकृया गर्न लागेको जानकारी दिएको हो ।

नेपालको निजी क्षेत्रसंग भएको रकम प्रदेश तीनमा लगानी गरी काम गर्ने उदेस्यले लगानी सम्मेलन गर्न लागिएको प्रदेश नीति तथा योजान आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।

कार्यक्रममा प्रदेश तीनका मुख्य मन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरु, सभाभुख, उपसभामुख, सभासद, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा देशका वरिष्ट अर्थविद्हरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्षहरु लगायत विभिन्न जिल्लाका उद्योगी व्यवसायीहरु, निजी क्षेत्रका लगानीकर्ता लगायत गरी करिव १ सय ५० जनाको उपस्थित रहने अनुमान गरिएको देबकोटा छ ।

प्रदेशको सवै भूगोलमा गई सवै वर्ग र क्षेत्रको सुझावका आधारमा सहभागितामूलक विधीबाट पहिलो आवधिक योजनाको आधारपत्र समेत तयार गर्ने कामको नेतृत्व आयोगले गरेको छ । ’स्वास्थ्य, सुसंस्कृत र सुखी जनता समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच’ आधारपत्रले लिएको छ ।

यस आधारपत्रले प्रदेश विकासका सम्वाहकका रुपमा गुणस्तरीय पुर्वाधार,उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रीकृत गर्ने ध्येय राखेको छ ।

यसैगरी आधरपत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११।२ प्रतिशत हुने र प्रति व्यक्ति आय रु चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ ।

योजना अवधिका लागि कुल स्थिर लगानी रु ३२ खर्व ३७ अर्व आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । उक्त लगानी मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*