तुलसी मेहरमा संस्कृत विषय थप, कक्षा २ देखि ५ सम्म अनिवार्य पढ्नु पर्ने
तुलसीमेहर मेमोरियल सेकेण्डरी स्कूलले यसै शैक्षिक सत्रदेखि प्राथमिक तहमा संस्कृत विषय थप गर्ने भएको छ ।
न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले कक्षा २ देखि ५ सम्म संस्कृत विषय थप गरी अनिवार्य गर्न लागिएको जानकारी दिनुभयो । मकवानपुरको निजि विद्यालयले पहिलो पटक सस्कृत भाषालाई अनिवार्य गर्न लागेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रोफेसनल एजुकेशनल फाउण्डेसनका अध्यक्ष बद्रीनाथ शर्माले संस्कृत विषयको अध्यन पश्चात विद्यार्थीहरु अझ संस्कारी बनाउने विश्वास व्यक्त गर्नुभयो । संस्कृत भाषालाई विश्वका अन्य देशले सेत महत्व दिएको भन्दै उहाँले संस्कृत विषय निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सञ्चालक आशिष श्रेष्ठ, प्रोफेसनल एजुकेशनका सचिव हेमन्त ढुंगेल, विद्यालयका सञ्चालक पुरुषोत्तम खनाल लगाएतको आतिथ्यता रहेको थियो । यस विद्यालयमा संस्कृत भाषा विधान आचार्यले अध्यापन गराउने विद्यालयले जनाएको छ ।







