असमानता, विभेद र उत्पीडनका कारण मानव बेचविखन हुन्छः कानुन मन्त्रि जमकट्टेले

सामाजिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमकट्टेले असमानता, विभेद र उत्पीडनका कारण मानव बेचविखन हुने गरेको बताउनु भएको छ ।
हेटौडामा संचालित रेडियो बुलेटिन एफएम ८९।७ मेगाहर्जले मानव बेचविखन र ओसारपसार बिरूद्द भएका प्रयास र चुनौति बिषयक गरेको अन्तरक्रियामा उहाँले समाजमा रहेका जनताका यस्ता समस्या जनताको पहुच सत्तामा पुर्याउन सकिएमा मात्र समाधान हुने बताउनुभयो ।
उहाँले गैससहरूले नया बिभेदमुक्त सोच लिएर सत्मार्गमा हिड्नुपर्ने बताउनुभयो । कानुनमन्त्री जमकट्टेलले प्रशासनका कर्मचारिहरू आफ्नो ज्यान जोगाउने नाममा सर्वसाधारणसंग घुस लिएर सरकार विरोधि पक्ष विप्लव माओवदिलाई दिने गरेकोले समाज र सुशासनमा वेथिति बढेको बताउनुभयो ।
यस्तै कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले मकवानपुरको जल्दोबल्दो समस्याको रूपमा मानव बेचबिखन, लागुऔषध र ट्राफिक जाम रहेको बताउनुभयो ।
प्रदेश ३ का गैसस अध्यक्ष बुद्दिसरण लामाले २०८० सम्ममा नेपाललाई बालबिवाह मुक्त राष्ट्र र २०७८ सम्ममा ३ नं प्रदेशलाई बालबिवाह मुक्त प्रदेशको रूपमा घोषणा गर्ने योजना रहेको बताउनुभयो ।
रेडियो बुलेटिनका प्रबन्धक अनिल कुमार खातिको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक मामिला तथा कानुन मन्त्रि जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी असमान तामाङ, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, पुरानो गोरखगण सुपारेटारका प्रमुख अमर बुढाथोकि, मानवअधिकार संरक्षण तथा मानब बेचविखन विरूद्दको संजालकि संयोजक आरति पाठक प्रदेश ३ का गैसस अध्यक्ष बुद्दिसरण लामा लगायतको उपस्थिति रहेको थियो ।







