ज्ञानदिप बहुउदेश्य सहकारी सस्थाको अध्यक्षमा जिधराज ढकाल विजयी

छहारी संवाददाता
चैत्र २४, २०७५

हेटौँडा ५ मा रहेको ज्ञानदिप बहुउदेश्य सहकारी सस्थाको अध्यक्षमा जिधराज ढकाल विजयी हुनु भएको छ ।

ढकाल १ सय ४२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी जनकराज पन्त र हरिप्रसाद पौडेलले समान १३र१३ मत प्राप्त गर्नुभयो ।

यस्तै ढकाल प्यानलका गोविन्द प्रसाद चौलागाई १ सय ५२ मत ल्याएर उपाध्यक्षमा विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नन्दलाल लामाले १ सय १० मत प्राप्त गर्नुभयो ।

यस्तै सचिवमा १४७ मतले दिपक खड्का विजयी हुनुभयो भने उहाँका प्रतिद्धन्दी खुसराज दाहालले २० मत प्राप्त गर्नुभयो । यसैगरी कोषाध्यक्षमा मोहनप्रसाद न्यौपाने १ सय ४९ मत सहित विजयी हुनु भयो भन्े उहाँका प्रतिद्धन्दी विश्वनारायण श्रेष्ठले १७ मत प्राप्त गर्नुभयो ।

यसैगरी सञ्चालक समिति सदस्यमा लक्ष्मी दुलाल, रमिला सापकोटा, दिनेश लम्साल, खेमराज लामिछाने, अनिल बाँनीया, विष्णुप्रसाद दाहाल र बासुदेब रिजाल विजयी हुनु भएको छ ।

लेखा समिति संयोजकमा रामप्रसाद गजुरेल, सदस्यहरुमा राजकुमार गोतमे र राजु अर्याल विजयी हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*