ज्ञानदिप बहुउदेश्य सहकारी संस्थाको शनिवार निर्वाचन, एकलौटी ढंगले अघि बढेको भन्दै पौडेल पक्षद्धारा बहिष्कार

हेटौँडा ५ मा रहेको ज्ञानदिप बहुउदेश्य सहकारी संस्थाको भोली निर्वाचन हुँदैछ ।
बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने र भोली नै मतगणना सक्ने सस्थापन पक्षले जानकारी दिएको छ ।
यद्यपी निर्वाचनको पुर्वसन्ध्यामा सञ्चालक समितिमा रहेको एउटा असन्तुष्ट पक्षले निर्वाचन बहिष्कार लगायतका क्रियाकलाप गरेको भन्दै संस्थापन पक्षले कसैको भ्रममा नपरी निर्वाचनमा लाग्न र सफल बनाउन अनुरोध गरेको छ ।
न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै सहकारीले सञ्चालन गरेको जिएस निकेतनका सञ्चालक समिति अध्यक्ष विष्णु दाहालले आफुहरुको सहमतिको प्रयासका बाबजुद केहि व्यक्तिले निर्वाचन बहिष्कार भन्दै हिडेकोमा दुख लागेको बताउनुभयो ।
उहाँले सहमति तोडने प्रयास आफुहरुले नगरेको दाबी गर्नुभयो । भोली अध्यक्षका प्रत्यासी जिधराज ढकाल र जनकराज पन्तका विचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
अध्यक्षका अर्का प्रत्यासी भनिएका हरि प्रसाद पौडेल पक्षले भने आजै पत्रकार सम्मेलन गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेको हो ।
सर्वसम्मत नेतृत्व चयन गर्ने विभिन्न बैठकका निर्णयको बाबजुद दाहाल पक्ष एकलौटी ढंगले अघि बढेको भन्दै निर्वाचन बहिष्कारको निर्णय गरेको पौडेल पक्षले बताएको छ ।







