कांग्रेस नेता बानियाँ राहत सामग्री लिएर हावाहुरी प्रभावित क्षेत्रमा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँले आज हावाहुरी प्रभावित क्षेत्र बाराको पच्रौता नगरपालिकाका विभिन्न वडामा पुगेर राहत सामाग्री वितरण गर्नुभएको छ ।
नेता बानियाँले पच्रौता नगरपालिका २ को बैरिया, ७ को बेनौली, स्वर्ण गाउँपालिका ४ को हर्दिया र देउताल गाउँपालिका ७ को रामपूर्वाका प्रभावित २ सय परिवारलाई राहत वितरण गगर्नु भएको पत्रकार सुजन विडारीले जानकारी दिनुभयो ।
प्रत्येक परिवारलाई त्रिपाल, चामल एक बोरा, सुत्ने म्याट, भाँडा, बाल्टीन लगाएतको करिब ७ लाख रुपैया बराबरको राहत सामाग्री वितरण गर्नु भएको पत्रकार विडारीले बताउनुभयो ।
रातह वितरण गर्न बानियाँसंगै पूर्व भौतिक राज्यमन्त्री कलावती पासवान, कांग्रेसबाट बाराका प्रदेशसभा सदस्यका उम्मेदवार मणिभुषण कुमार यादव, पचरौता नगरपालिका ७ का वडा अध्यक्ष दिनानाथ सहनी, पचरौता नगरपालिकाका मेयरका प्रत्यासी किशोरी प्रसाद यादव, स्वर्ण गाउँपालिका प्रमुखका उम्मेदवार राजेश यादव, देउताल गाउँपालिका प्रमुखका उम्मेदवार हरिलाल यादव (बाबा), नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य सुनिल अधिकारी लगायत पनि पुग्नु भएको थियो ।







