मकवानपुर जुत्ता चप्पल व्यापार मेला २३ गतेसम्म चल्ने

१५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था
छहारी संवाददाता
चैत्र २२, २०७५

हेटौंडामा जारी मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा अहिलेसम्म करीब १ करोड १० लाख रुपैया को कारोबार भएको आयोजकले जनाएको छ ।

फागुन २८ गतेबाट सुरु भएको मेलामा आजसम्म १ लाख दर्शकहरुले अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो । एक जोर जुत्ता खरिदमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताउनुभयो ।

मेलामा पाटी सुज, स्पोर्ट सुज, स्कुल कलेज सुज, लेडिज चप्पल, हवाई चप्पल डिएमएस जुत्ता लगायत नेपालमै उत्पादीत् सात वटा व्राण्डका जुत्ता चप्पल राखिएको छ ।

बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेका छन् ।  मेला २३ गतेसम्म चल्ले आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*