२ सय १२ किलो गाँजा र अन्य लागु औषध सहित ३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय १२ किलो लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक पवन कुमार झाको टोलीले विशेष सुचनाको आधारमा हेटौडा ३ तिनताप्केबाट ना ३ च ३७६९ नम्बरको पिकअप भ्यान सहित चालक महोत्तरीको बर्दिवास ११ बस्ने ३६ वर्षका रामजस यादव र सोही स्थान बस्ने १९ वर्षका उज्वल गुर्मछाने मगरलाई नियन्त्रणमा लिएको हो ।
पिकअपलाई रोकेर चेकजाँच गर्दा पछाडीको ढालामा त्रीपाल राखेर त्रिपाल भिज्ञ लुकएको अवस्थामा प्लास्टिकका ३० वटा पोका बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा सहितको टोलीले हेटौडा १५ रातोमाटेबाट लागुऔषद सहित चितवन राप्ती नगरपालिका ४ का ३७ वर्षका लक्ष बहादुर राईलाइ पक्राउ गरेको छ ।
बिरगंजबाट हेटौडा आउँदै गरेको ना ७ ख ९१६५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार राइको साथबाट लागू औषध नाईट्रोभेट १० १२७ ट्याबलेट, डाईजेल्याब १० एम्पुल, ब्युनोर्फिन १० एम्पुल र फेनार्गन १० एम्पुल फेला परेको प्रहरीले जनाइएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।







