हेटौडाका रिवाजको “न्यू मर्निङ” कविता अमेरिकाको अनलाइनमा

छहारी संवाददाता
चैत्र २१, २०७५

अमेरिकाको एक अनलाइन पत्रिकाले एक नेपाली विद्यार्थीको कविता प्रकाशित गरेको छ ।

हेटौंडा–६ मा रहेको प्रज्वल शिक्षा सदनमा अध्ययनरत रिवाज श्रेष्ठको “न्यू मर्निङ” शीर्षकको कविता अनलाइन पत्रिकाले प्रकाशित गरेको हो । रिवाज कक्षा ७ मा पढ्छन् ।

गम्भिर स्वभावका रिवाज अध्ययनमा मात्र नभइ विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको विद्यालयका शिक्षकहरु बताउँछन् । 

अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका https://kidspiritonline.com/ ले रिवाजको कविता प्रकाशन गरेको हो ।

कविता प्रकाशन भएपछि रिवाजले आफ्ना शिक्षकहरुलाई धन्यवाद दिएका छन् । उनले शिक्षकहरुको हौसला र साथले मात्रै आफु सफल भएको भन्दै धन्यवाद दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*