ब्रह्मदिक एकेडेमीमा ३ सय विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण

छहारी संवाददाता
चैत्र २१, २०७५

हेटौडा ४ मा रहेको ब्रह्मदिक एकेडेमीमा आज विद्यार्थीहरुका लागि निशुल्क दन्त शिविर संचालन भएको छ ।

चितवन मेडिकल कलेजका डाक्टरहरुको टोलीले ३ सय जना विद्यार्थीको दन्त परिक्षण गरको हो । टोलीमा डाक्टर सरु श्रेष्ठ, डाक्टर आकृति बाँनिया, डाक्टर उषा थापा सहित किरण गरु, मनिष शर्मा, मेरु श्रेष्ठ, दिपिका चालिसे र अनिता केसी रहनु भएको थियो ।

दन्त परिक्षण गरिएका मध्ये २५ जनाको किराले खाएको र हल्लिएको दाँत निकालिएको, ५ जनाको दाँत भरेको र २ जनाको दाँत सफा गरिएको थियो । साथै डाक्टरहरुले दाँत सफा र स्वस्थ राख्ने तरिकाको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो ।

आज जाँच गरिएकाहरुलाई चितवन मेडिकल कलेजमा १ महिना भित्र २५ प्रतिशत छुटमा उपचार गरिनेछ ।

कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेको रोवोट, फोल्डिङ पुल, पानी जहाज, पानी खाने बोतलबाट बनाइएको भ्याकुम क्लिनर लगायतको प्रदर्शनी पनि गरिएको थियो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नविन सिक्देलको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर सिंह थापाको साभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*