मकवानपुरको वाग्मति र बकैया गाउपालिकामा अनुगमन

मकवानपुरको पुर्वि क्षेत्र वाग्मति गाउपालिका तथा बकैया गाउपालिकामा २०७५र०७६ को फागुन मसान्त सम्मको अनुगमन छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले गाउपालिका परिषदबाट विनियोजित भएका योजना, सुशासन तथा प्राकृतिक स्रोत साधनको अवस्थाका सम्बन्धमा अनुगमन गरेको हो ।
बाग्मतिका अधिकांश योजनाहरू सुचनाको पहुंच नभएका कारण सम्पन्न हुन नसकेको गाउपालिका अध्यक्ष सर्केस घलानले बताउनु भयो । उक्त गाउपालिकामा करिव ३५० वटा साना ठुला योजना मध्ये १० वटा मात्र सम्पन्न भएको छ ।
यस्तै १७३ वटा सम्झौता भएका र अन्य बाँकि योजनाहरूका लागि सुचनाको पहुंच नहुने र वडाहरूमा सम्पर्क गर्न नसकिने, कर्मचारिको अभाव तथा जनताको मानसिकता परनिर्भर र परदेशी भएका कारण योजनाहरू अलपत्र परेको घलानले बताउनुभयो ।
त्यस्तै उक्त गाउपालिकाको न्यायिक समितिमा सिमा सम्बन्धि मुद्दाहरू बढि पर्ने गरेको र हालसम्म २३ वटा लिखित मुद्दा परेकोमा ९ वटा मुद्दाहरू मेलमिलाप भएका छन ।
गतबर्षको तुलनामा यस बर्ष काम गर्न सहज भएको र गत वर्ष कुल बजेटको करिव २०र२५ प्रतिशत मात्र खर्च भएकोमा यस बर्ष करिव ३० प्रतिशत बजेट खर्च भइसकेको वकैया गाउपाका प्रशासकिय अधिकृत खेमराज सापकोटाले जानकारी दिनुभयो ।
उहाले गाउपालिका तथा वडा कार्यालयहरूका कार्यक्षेत्र ठुलो भएको कारण नागरिक वडापत्र राख्न समेत समस्या भएको बताउनुभयो । कर्मचारी समायोजनका कारण कर्मचारी अभाव हुदा हुँदै पनि यस बर्ष ३०६ वटा योजना मध्ये २३८ वटा सम्झौता भएका र ७८ वटा योजनहरू भने सम्पन्न भई भुक्तानि भईसकेको गाउपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।
उक्त गाउपालिकामा भने सम्बन्ध विच्छेद, बहुविवाह, र अंशवण्डाका मुद्दाहरू धेरै पर्ने गरेको गाउपालिका उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो ।
अवलोकनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सामाजिक तथा भौतिक विकासले मात्र केही नहुने भन्दै विकास हरेक व्यक्तिको मनमा जागृत हुनुपर्ने बताउनुभयो ।
उहाँले कृषि र पर्यटनका माध्यमबाट मकवानपुरलाई विकासको बाटोमा अगाडि लैजान सकिने भएकाले आधुनिक कृषि उत्पादन र पर्यटकिय क्षेत्रको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।







