बारामा हावाहुरीको वितण्डाः २६ जनाको मृत्यु, कयौं घाइते, बाँचेकाको बस्ने बास र बाली समेत ध्वस्त (तस्विरमा हेर्नुहोस्)

छहारी संवाददाता
चैत्र १९, २०७५

आइतबार साँझ आएको हावाहुरीले बारामा २६ जना र पर्सामा एकजनाले ज्यान गुमाएका छन् । पाँच सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको बाराको कलैया अस्पताल  र पर्साको नारायाणी उपक्षेत्रिय अस्पताल विरगंजमा उपचार भइरहेको छ भने गम्भिर अवस्थाका केहिलाई काठमाडौं रेफर गरिएको छ ।

बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको सुवर्ण गाउँपालिकाको हर्दिया, धर्मनगर लगायत विभिन्न स्थानमा हावाहुरीले घर भत्काउँदा २६ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभएको छ ।

हावाहुरीले घरको छत, पर्खाल र बिजुलीका पोल ढल्दा ठुलो जनधनको क्षति भएको हो । उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा खटिएका थिए । घटनाको स्थलगत रिपोर्टिङका लागि छहारी नेटवर्कको टोली बारा पुगेको थियो ।

घटनाको विस्तृत विवरण हामीले तस्विरमा कैद गरेका छौं ।

घटनाको बारे बुझ्न प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गृहमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रीसहित पुगेका थिए ।

प्रदेश २ को मन्त्रीपरिषदले ज्यान गुमाएकका परिवारलाई ३ लाखका दरले राहत दिने निर्णय गरेको छ ।  मन्त्रीपरषदको आकिस्मक बैठकले ज्यान गुमाएकाका परिवारलाई राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*