हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको मृत्यु, दुई सयभन्दा धेरै घाइते

हावाहुरीका कारण बारामा २७ जना र पर्सामा १ जनाको मृत्यु भएको छ ।
दुई सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको बारा सहकर्मी रञ्जन भट्टराइले जानकारी दिन भएको छ । यस्तै पर्सामा पनि हावाहुरीले १ जनाको मृत्यु हुनुका साथै थुप्रै धनजनको क्षति भएको छ ।
हावाहुरीले बाराको फेटामा रहेको इँटा भट्टाको चिम्नी ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको हो भने गुडिरहेको गाडीलाई हावाले पल्टाउँदा २ जनाको मृत्यु भएके बुझिएको छ ।
हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेका छन् । भने घरहरु पनि भत्किएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।







