नेपाल पत्रकार महासंघ मकवानपुरले ६४ औ स्थापना दिवस (पुस्तकालय उद्घाटन, अन्तरक्रिया)
नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो ६४ औ स्थापना दिवसका अवसरमा आज अन्तरकृया तथा पुस्कालय उदुघाटन कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसर पारेर महासंघ मकवानपुर शाखाले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलको हातबाट पुस्कालय उध्घाटन सम्पन्न गरेको हो ।
कार्यक्रममा मेयर महतले पुस्तकालयका लागि चाहिने पुस्तक सहयोग मात्र नभई पत्रकारका हरेक क्षेत्रमा सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । उहाँले पत्रकार राज्यको चौथो अंग भएकाले पार्टीगत रुपमा विभाजित नभई सहि समाचार संप्रेषण गर्नका लागि एक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप बिष्टले अभिव्यक्ति स्वतन्त्रतामा आफुहरु अझैपनि लडिरहेको बताउनुभयो । काठमाण्डौमा बसेर काम गर्ने पत्रकार र सम्पादकहरुका समस्या धेरै नभएपनि जिल्लामा बसेर काम गर्ने पत्रकारका धेरै खालका समस्याहरु रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले अझैपनि पुर्ण रुपमा प्रेश स्वतन्त्रताको अनुभुति पत्रकारले गर्न नपाएको बताउनुभयो । अहिले पनि पत्रकारहरु सेल्फ सेन्सरसिप गर्नुपर्ने बाध्यतामा रहेकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाको दुईलाख रुपैयाँ सहयोगमा पुस्कालय निर्माण गरिएको हो । पुस्तकालयमा नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप बिष्टले एक लाख रुपैयाँ बराबरको पुस्तक सहयोग गर्नुभएको छ ।
त्यसैगरी शाखाका अध्यक्ष हुमागाईले आजको कार्यक्रममा ४२ वटा पुस्तक सहयोग गर्नुभयो भने उपाध्यक्ष कुमार अधिकारी र निबर्तमान उपाध्यक्ष गिरीजा अधिकारीले पनि पत्रकारितासंग सम्बन्धित पुस्तक महासंघलाई हस्तान्तरण गर्नुभएको छ ।
महासंघ मकवानपुर साखाका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष भानुभक्त आचार्य, पत्रकार महासंघ मकवानपुरका सल्लाहकार नानी मैयाँ बिष्ट, प्रेश युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष सुरेश श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।







