मातृभुमी साहित्य समाजद्धारा विभिन्न बिधामा ९ जनालाइ सम्मान, पत्रकार भानुभक्त आचार्य पनि सम्मानित
मातृभुमी साहित्य समाजले आज विभिन्न बिधामा ९ जनालाइ सम्मान गरेको छ ।
मातृभुमी रास्ट्रीय पुरस्कार २०७४ बाट साहित्यकार डा। तुलसि भट्टराई सम्मानित हुनु भएको छ । उहालाइ नगद २१ हजार रुपैया सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको हो ।
कार्यक्रममा शेखर शर्मा रिजाल स्मृती मातृभुमि शैक्षिक पुरस्कार २०७३ बाट बद्री खतिवडा, देव प्रसाद श्रेष्ठ र २०७४ बाट बन्माली सुवेदी, सजनि गोर्खालीलाई जनही १५ हजार नगद सहित सम्मानित गरिएको छ ।
यस्तै, केशबलाल स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट बरिष्ठ पत्रकार भानुभक्त आचार्यलाई नगद ५ हजार १ रुपैया सहित सम्मान गरिएको छ ।
हातेमालो शृजनशिल युवा सम्मान २०७४ बाट साहित्यकार सानुभाइ बिश्वकर्मा, क्षेत्र बहादुर स्मृति मातृभुमी सम्मान २०७४ बाट सत्यम बेद बिद्यालय, राजकुमार स्मृति मातृभुमी सम्मान २०७४ बाट बिष्णु तिवारीलाई जनही १० हजार रुपैया नगद सहित सम्मान गरिएको छ ।
कार्यक्रममा सम्मानित देवप्रसाद श्रेष्ठले मामाघर नेपाल र बद्री प्रसाद खतिवडाले प्राप्त रकम ओम बृद्दाश्रममा सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।
मातृभुमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता र पर्यटन तथा संस्कृत बिद डा।
हिरण्यलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, आचल साहित्य कला पुन्जका अध्यक्ष अप्सरा तिमल्सिना लगायतले मन्तब्य व्यक्त गर्नु भएको छ ।







