नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस

आज नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
स्थापना दिवसका अवसरमा देशभरका शाखाहरुले प्रभातफेरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज अन्तरक्रियाको आयोजना गरेको छ ।
स्थापना दिवसको अवसर पारेर मकवानपुर शाखामा स्थापना गरिएको पुस्तकालय उद्घाटन एवम् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । सचिव गणेश दर्पण अधिकारीले बताउनुभएको छ ।







