विद्यार्थीलाई छुट सम्बन्धि प्रमुख जिल्ला अधिकारीको यस्तो निर्देशन

छहारी संवाददाता
चैत्र १६, २०७५

सागर सापकोटा / मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले यातायात व्यावसायिहरुलाई विद्यार्थीको छुट समन्धी नियम लागू गर्न गराउन निर्देशन दिनुभएको छ ।  

प्रजिअ तामाङले आज जिल्ला ट्राफिक कार्यालय मकवानपुर, नारायणी यातायात व्यवसायी संघ मकवानपुर, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ मकवानपुर र साझा यातायात मकवानपुरको नाममा पत्रचार गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले साझ ६ बजेपछि हेटौंडा बजारबाट विभिन्न स्थानमा जाने साझा सवारी साधन नपाईने र अटोरिक्साको भर पर्दा विद्यार्थी मर्कामा पर्ने गरेको भन्दै गुनासो गर्दै प्रजिअ तामाङलाई गत फागुन २३ गते ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारि तामाङ्सहित नारायणी यातायातका अध्यक्ष ज्ञानेन्द्र कार्की, मकवानपुर साझा यातायातका रविन्द्र केसि र विद्यार्थी प्रतिनिधीहरु रामकृष्ण सिवाकोटी, विकेव जयसवाल, पुजन न्यौपाने लगायतसंगको छलफल पछि यहि चैत्र १ गतेदेखि छुट कार्यान्वयनको निर्णय भएको थियो ।

यद्यपी उक्त निणैयपछि साझा सवारीसाधन नपाईने समस्या बढेको भन्दै विद्यार्थीहरुले पुन गुनासो गरेपछि प्रजिअले यातायात व्यावसायिहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

विद्यार्थी परिचयपत्रको आधारमा सवारी साधनले छुट दिने, साझा बसमा ४५ प्रतिशत छुट, टेम्पो तथा मझौला व्यवसायी संघद्वारा संचालित सवारीमा पनि विद्यार्थीहरुलाई प्रचलित नियम अनुसार छुट र विद्यार्थीहरुलाई मध्यनजर गर्दै साझ ७ बजेसम्म सवारी साधन संचालन गर्ने लगाएतका निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*