हेटौंडाका १५ जना दृष्टिबिहीनलाई उपमहानगरपालिकाद्धारा सहायक सामग्री बितरण

हेटौंडाका १५ जना दृष्टिबिहीनलाई उपमहानगरपालिकाले सहायक सामग्री बितरण गरेको छ ।
बिभिन्न उमेर समुहका दृष्टिबिहीनहरुलाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहायक सामग्री स्वरुप सेतो छडि बितरण गर्नुभएको हो ।
सडक निर्माण, खानेपानी योजना लगायतका कामसंगै सामाजिक क्षेत्रमा पनि आफुहरुले काम गरिएको मेयर महतले बताउनुभएको छ । दृष्टिबिहीनहरुलाई भवन निर्माणका लागि समेत आफुहरुले जग्गा दिन तयार रहेको उहाँले बताउनुभयो ।
सेतो छडि पाएपछी दृष्टिबिहिनहरु खुसी भएका छन् । सहारा बिहिनहरुलाई सहयोग गरेकोमा आफुहरु खुसी भएको नेत्रहिन संघ मकवानपुरका अध्यक्ष तोरणबहादुर ओझाले बताउनुभयो ।
हेटौंंडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा सहायक सामाग्री बितरण गरिएको हो । मकवानपुरमा ९ सय ९५ जना दृष्टिबिहिन रहेका छन् ।
त्यस मध्येमा धेरै जना सहारा बिहिन दृष्टिबिहीनहरुलाई थोरै भएपनि सहयोग गरिएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो ।







