हेटौंडालाई स्मार्ट सिटी बनाउने प्रस्ताव लगानी सम्मेलनमा प्रस्तुत गरिँदै, ३३ अर्बको स्मार्ट सिटी (पुरा पढ्नुहोस्)

छहारी संवाददाता
चैत्र १५, २०७५

हेटौंडालाई स्मार्ट सिटी बनाउने प्रस्ताव भोलिदेखि काठमाण्डौमा सुरु हुने लगानी सम्मेलनमा प्रस्तुत गरिने भएको छ ।

मकवानपुरको हेटौंडा सफा शहरको रुपमा परिचित छ । अब यसलाई स्मार्ट सिटीका रुपमा अगाडी बढाउन लगानी सम्मेलनमा प्रस्ताव लैजान लागिएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

स्मार्ट सिटी निर्माणका लागि चाहिने आवस्यक बजेट पहिले नै माग गरिरहेको र अब भने लगानी सम्मेलनमा यसलाई प्रस्तावका रुपमा लगिने मेयर महतको भनाई छ ।

हेटौंडालाई स्मार्ट सिटी बनाउन तीन सय मिलिएन डलर आवस्यक पर्ने अुनमान गरिएको छ । देशकै सफा शहरको रुपमा विकास भएको हेटौंडामा हरियाली बनाउने, फूलैफूलको शहरका रुपमा चिनाउने प्रयासहरु भइरहेको छ ।

स्मार्ट सिटी निर्माण गर्ने परियोजना पास भए सरकार, निजी क्षेत्र सबै मिलेर काम अघि बढाइनेछ । स्मार्ट सिटीका लागि धेरै रकम छुट्याउन आफुहरु तयार रहेको मेयर महतले बताउनु भएको छ ।   

हेटौंडालाई स्मार्ट सिटी बनाउने सरकारको  यस्तो छ योजना
करिब ३३ अर्ब लगानीमा हेटौंडालाई स्मार्ट सिटी बनाउने योजना सरकारले यसअघि नै लगानी बोर्ड मार्फत सार्वजनिक गरेको छ । यो आयोजनामा विदेशी लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् ।

स्मार्ट सिटीमा स्मार्ट भौतिक संरचना हुनुपर्ने बोर्डले जनाएको छ । सिटीको विशेषता भने साँस्कृतिक गाउँको झल्को दिने हुनुपर्नेछ ।

यस्तै स्मार्ट सिटीमा खुल्ला चौर तथा खेल मैदानको व्यवस्था हुनुपने पनि बोर्डले जनाएको छ । निजी सार्वजनिक साझेदारी ९पिपिपि० मोडलमा आधारित हुने जनाइएको छ । सरकारले स्मार्ट सिटीको लागि आवश्यक जमिन, पूर्वाधार तथा सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

निजी क्षेत्रले भने सिटीका लागि आवश्यक योजना, भवनहरुको डिजाइन तथा आर्थिक पक्ष उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार सिटीको निर्माण अवधि ७ वर्षको हुनेछ । सबैखाले आय भएका मानिसहरु बस्ने गरी सिटी निर्माण गरिनेछ ।

सिटीमा अनौपचारिक सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र समेत हुनेछ । यस्तै स्वदेशी तथा विदेशी पर्यटकका लागि सिटी भित्र होटेल, रेष्टुरेन्ट र रिसोर्ट हुनेछन् । सामाजिक पूर्वाधारको व्यवस्था सहित आधुनिक अस्पताल, विद्यालय तथा वृद्धवद्धाहरुको लागि उपयोगी स्थलहरु समेत हुनुपर्नेछ ।

आधुनिकता तथा आधुनिक शहर अनुरुप सञ्चालन हुने आधुनिक बस पार्क र बिजुलीका साधनहरु तथा चार्जङि स्थानहरु समेत हुनुपर्नेछ ।

सिटीमा प्राप्त फोहरलाई प्रविधिको प्रयोग गरी व्यवस्थापन गरिनेछ भने स्वच्छ पानीको समेत उपलब्धता गराउनुपर्ने छ । क्लिकमाण्डुको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*