रौतहटको गरुडा बजार अनुगमन, म्याद सकिएको खाद्यन्न बेच्नेलाई कडा कार्वाही हुने

छहारी संवाददाता
चैत्र १३, २०७५

चञ्चल झा/ रौतहटको प्रमुख बजारहरु मध्ये जिल्लाको मध्य भागमा रहेको गरुडा बजार मुख्य व्यपारीक केन्द्र रहेका छ ।

ग्रामीण क्षेत्रबाट विभिन्न खानेकुरा लगायतका सम्मानहरु किन्नलागि मान्छेहरु गरुडा बजार पुग्ने गर्छन् । बजारमा स्वास्थ्यमा असर गर्ने अखाद्धय बस्तुहरुको विक्री भईरहेको जनगुनासो आएपछि गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी कडा एक्सन लिनु भएको छ ।

पन्थीको नेतृत्वमा आज मंगलबार गरुडा बजार अनुगमन गरिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक अनमोल खडका, गरुडा नपा ८ का वडाध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय पत्रकार सहितको अनुगमन टोलीले बजार पुग्दा पसलेहरुमा हलचल मचेको थियो ।

विभिन्न पसलहरु अनुगमन गर्दै जादा एउटै पसलवाट करिब १०० कार्टुन म्याद सकिएको डावर कम्पनीको ब्रस्ट र रियल जुस बरामद भएको पन्थीले जानकारी दिनुभयो ।

यस्ता म्याद कएको खाद्यय सामाग्री खाएपछि स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकोले यस्तो सामाग्री विक्री वितरण नगर्नको निर्देशन दिदै पन्थीले यसपछिको बजार अनुगमनको क्रममा फेरि यस्ता म्याद सकिएको सामग्री फेला परे कडा कार्यवाही गर्ने चेतावनी दिनु भयो ।

मान्छेको स्वास्थ्यसंग खेलवाड गर्ने जो कोहीलाई न छाड्ने बताउनु भयो । अनुगमनको क्रममा बरामद भएको सामाग्रीहरुलाई भोली नष्ट गर्ने उहाँले बताउने भयो ।

अब देखि समय समय बजार अनुगमन निरन्तर हुँदै रहने पन्थीले बताए । पछिल्लो समयमा विभिन्न कार्यहरु गरि स्थानीयहरुको मन जित्न सफल भएको टेकराज पन्थीको यो कार्यलाई स्थानीय बुद्धजीवीहरुले सराहनीय रहको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*