मकवानपुर सहकारी अस्पतालको थप सेवा विस्तार (फोटो फिचर)

आफ्नै भवनबाट सेवा दिने गरी हेटौंडा १ चौकिटोलमा भवन निर्माणको तयारी
छहारी संवाददाता
चैत्र १३, २०७५

हेटौडामा संचालित मकवानपुर सहकारी अस्पताललाई थप सेवा सुविधा सम्पन्न बनाउन लागिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

हेटौंडा वडा नम्बर १ भिन्तुनापथमा सञ्चलनमा रहेको यो अस्पतालमा ३९ लाख लागतमा युएसजी मेसिनबाट काम सुरु गरिएको आज अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

यसैगरी यसवर्ष ८० लाखको भिडीयो ईण्डोस्कोपीबाट सेवा दिन सुरु गरिएको छ भने इएनटि सर्जरी सेवा पनि सुरु गरिएको अस्पतालका अध्यक्ष बिष्णुगोपाल महर्जनले जानकारी दिनुभयो ।

कुनै पनि बिरामीले आवस्यक उपकरणको अभावमा समस्या झेल्नु नपरोस भन्ने उदेश्यले पहिले दिइदै आएको सेवालाई विस्तार गर्दै लगिएको अध्यक्ष महर्जनले बताउनुभयो । यसैगरी अर्थोपेडिक अस्पतालको सेवा पनि सुरु गर्न लागिएको बताइएको छ ।

२५ सैयाको मकवानपुर सहकारी अस्पतालले प्रत्येक दिन १ सय ५० जना बिभीन्न रोगका बिरामीको उपचार गर्दै आएको छ ।

यसैबीच, अस्पतालले आफ्नै भवनबाट सेवा दिने गरी हेटौंडा १ चौकिटोलमा रहेको सवा ५ कठ्ठा जग्गामा आफ्नै भवन निर्माण गर्ने तयारी भएको आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

करीब सवा ३ करोडको लागतमा अस्पतालको आफ्नै भवन निर्माण गर्न लागिएको र बैशाखमा शिलान्यास गरिने तयारी समेत रहेको अध्यक्ष महर्जनले बताउनुभयो । आउँदो शुक्रबारबाट निशुल्क रपमा मुटुका रोगिहरुको स्वास्थ्य परिक्षण पनि गरिने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*