हेटौँडालाई प्रदेश तीनको स्थायी राजधानी घोषणा गर्न जनसरोकार केन्द्र मकवानपुरको माग

जनसरोकार केन्द्र मकवानपुरले हेटौँडालाई प्रदेश तीनको स्थायी राजधानी घोषणा गर्न माग गरेको छ ।
न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी केन्द्रले हेटौँडालाई तत्काल स्थायी राजधानी घोषणा गर्दै अन्योलता अन्त्य गर्न आग्रह गरेको छ ।
जनसरोकार केन्द्रका संयोजक धुब्रप्रसाद चौँलागाईले राजधानीको विषयमा रहेको अन्योलता हटाउन आग्रह गर्नु भएको हो । मकवानपुको हेटौँडा सबै हिसावले स्थायी राजधानीको लागि उपयुक्त रहेको भन्दै चौंलागाईले तत्काल अन्योलता अन्त्य गर्न आग्रह गर्नुभयो ।
केन्द्रद्धारा जारी विज्ञप्तिमा भनिएको छ–"तीन नम्बर प्रदेश राजधानीका अन्यौलता समाप्त गरियोस । नेपालको संविधानको धारा २८८९२० बमोजिम प्रदेश नम्बर तीनको राजधानीका सम्बन्धमा प्रदेश सभाको दुईतिहाईले जहिले सुकै निर्णय गर्न सक्ने संबैधानिक व्यवस्था रहेकोले अहिले हेटौडामा रहेको राजधानीका सम्बन्धमा कुनै प्रश्न उठेमा यो अस्थिरताको बिजारोपन हुन जाने र संविधानको दुई तिहाईले राजधानी सार्ने व्यवस्थाको दुरुपयोग गरिएको हुन जाने समेत भएकोले दुई तिहाईले राजधानी सार्ने भन्ने हल्ला आउनु नै दुखद कुरा रहेको जानकारि गराउदछौ ।"







