सिन्धुपाल्चोकको अपर चाकुमा ग्यास सिलिण्डर पड्किएर दुई मजदुरको ज्यान गयो

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किएर दुईजनाको ज्यान गएको छ । छ ।
सिलिण्डर पड्किदा जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजुदुर रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको भान्सामा ग्यास सिलिण्डर पड्किएको हो ।







