माझी चलचित्रकर्मी संघ मवानपुरले नया वर्षको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

छहारी संवाददाता
चैत्र १२, २०७५

माझी चलचित्रकर्मी संघ मवानपुरले नव वर्ष २०७६ सालको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

आज हेटौंडाको न्यज क्लब नेपालमा पत्रकार सम्मेलन गरि संघले यहि चैत्र ३० गते काठमाडौंको राष्ट्रिय नाचघरमा कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

माझीको कला सस्कृति, भाषाको उत्थान गर्न, माझीको पहिचान स्थापित गर्न, माझी समुदायमा एकता फैलाउन कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक लोकेन्द्र माझीले जानकारी दिनुभयो ।

देशभरीका करिब ८ सय माझीहरुको सहभागिता रहने कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको संयोजक माझीले बताउनुभयो । बृहत सांस्कृतिक कार्यक्रममा प्रवेशका लागि ३ सय रुपैया दरको टिकटको समेत व्यवस्था गरिएको छ । 

कार्यक्रममा माझीको सांस्कृतिक पक्ष समेटेर बनाईएको चलचित्र “दुई किनारा जिन्दगीको” पनि प्रर्दशनि गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ माझी संस्कृति विद् खड्क बहादुर माझी, नेपाल माझी उत्थान संघ मकवानपुरका सचिव झलक माझी, कलाकार सन्त माझी, संगितकार संगम राई लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*